Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा भाेलि रातीबाट एक साता निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

काठमाडाैं । काठमाडाैं उपत्यकामा भाेलि मध्यरातबाट लागू हुने गरी एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे ।

जारी गरिएकाे निषेधाज्ञा भदौ ३ गते बुधबार राति १२ बजेदेखि लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ  । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नजिकिँदै गरेका तीजलगायतका चार्डपर्वमा हुने आवतजावतले झनै काेराेनाकाे संक्रमण बढाउन सक्ने भएकाले निषेधाज्ञाकाे निर्णयमा प्रशासन पुगेकाे हाे ।

निषेधाज्ञामा यातायात पूर्ण रुपमा बन्द हुने , अरु के- के बन्द हुन्छ?  हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077