Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा जारी

    दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । तिजका बेला हुने भिडभाडलाइ मध्येनजर गर्दै दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले तिजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    आजै दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएकाे छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तिजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार