Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४९ प्रहरी उपरीक्षककाे सरूवा : स्याङ्जामा बाेगटी, पाल्पामा भट्टराई (सूचिसहित)

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)काे सरूवा गरेकाे छ ।

प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीकाे बिहीबारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालय मानवश्राेत एवं प्रशासन विभागले भदौ महिनादेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने गरी ४९ एसपीको सरूवा गरेकाे हाे ।

महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीलाई स्याङजाको प्रमुखको जिम्मेवारी दिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय रूपन्देहीकाे प्रमुखमा प्रविन पाेखरेल, जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुखमा संन्ताेष सिंह राठाेर, जिल्ला प्रहरी कार्यालय पाल्पकाे प्रमुखमा सन्ताेष कुमार भट्टराइलगायत ४९ जनाकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077