Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निषेधाज्ञा उल्लंघन गर्ने २९ सय सवारीसाधन कारवाहीमा

    निषेधाज्ञा उल्लंघन गर्ने २९ सय सवारीसाधन कारवाहीमा

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा पालना नगर्ने करिब ३ हजार सवारी साधन कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडाैं, भक्तपुर र ललितपुर) मा २९ सय २ वटा सवारी साधन प्रहरी नियन्त्रणमा लिइएका छन् ।

    जिल्ला प्रशासन कार्यालयहरुले लागू गरेको निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका २२ सय ९४ वटा दुई पांग्रे र ६ सय ८ वटा चार पांग्रे सवारी रहेका महाशाखाले जनाएकाे छ । करिब २ हजार पैदल यात्रीलाई सचेत बनाइएको तथा होल्डिङ सेन्टरमा राखी निषेधाज्ञा र कोरोना संक्रमणबारे सचेतना कक्षा दिएर छोडिएको थियो ।



    केही स्थानमा भने प्रशासन र प्रहरीबीच प्रभावकारी समन्वयव नहुँदा अत्यावश्यक सामाग्रीको ढुवानी तथा बिक्री वितरणमा समस्या भएको थियो । काठमाडौंका सहयाक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिलो दिन भएकाले केही स्थानमा समन्वय अभाव भएको गुनासो आएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार