Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राहत बोकेर अछामतर्फ लागे गृहमन्त्री

    राहत बोकेर अछामतर्फ लागे गृहमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली बाढी पीडितहरुका लागि राहत सामग्री लिएर आछामतर्फ प्रस्थान गरेको छ ।

    गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् अछामको रामारोशन गाउँपालिका प्रस्थान गरेको हो ।
    अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।



    टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार