Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारले जुनसुकै अस्पताललाई कोरोना डेडिकेटेड बनाउन सक्ने, विरोध गरे कारबाही गर्ने

    सरकारले जुनसुकै अस्पताललाई कोरोना डेडिकेटेड बनाउन सक्ने, विरोध गरे कारबाही गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडाैं । सरकारले आवश्यकता अनुसार जुनसुकै अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सकिने बताएकाे छ ।

    पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को बिहीबारको बैठकले निजी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने निर्णय लिएको जानकारी दिए ।



    सरकारले आवश्यकताअनुसार सामुदायिक, निजी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई समेत प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार बेडको प्रबन्ध गर्ने र आवश्यकता अनुसार थप व्यवस्था गर्दै जाने निर्णय लिएको उनले बताए । त्यस्तो गर्दा कसैले विरोध गरेमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार