Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपा कार्यदलको प्रतिवेदन : प्रधानमन्त्री ओली थप शक्तिशाली बन्दै

    नेकपा कार्यदलको प्रतिवेदन : प्रधानमन्त्री ओली थप शक्तिशाली बन्दै

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको हो ।

    अध्यक्ष तथा प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।



    साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।



    कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

    यो सँगै प्रधानमन्त्री ओलीको राजीनामाको माग अब टरेको छ। अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल (५ वर्ष) सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । तर, दुवै अध्यक्षको सल्लाहमा निर्णयहरु गरिने उल्लेख छ ।

    प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ । योसंगै प्रधानमन्त्री ओली अब थप शक्तिशाली बन्ने अवस्था देखिएको छ।

    कार्यदलको प्रतिवेदनमा .पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने,कार्यविभाजन स्पस्ट पार्नुपर्ने, सरकारको काम कारवाही प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने, एमसीसीबारे राष्ट्रिय हितमा जोडदिनुपर्ने लगायतका बुँदाहरु उल्लेख गरिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार