Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप

    कपिलवस्तुमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.2K
    SHARES

    कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी निषेधाज्ञा ८ दिन थप गरेकाे छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

    यस्तै बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार