Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न गृहको निर्देशन

काठमाडाैं । सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतवार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मन्त्रालयले मास्क प्रयोग नगरी हिड्ने ४ लाख ६४ हजार २१६ जनालाई नियन्त्रणमा लिएर ३ लाख ९० हजार ५४५ जनालाई सम्झाई बुझाई छाडिएको जनाएकाे छ । भने ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई पठाइएको र ३१ हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077