Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओली-प्रचण्डबीचकाे छलफल सकियो, के-के भयाे निर्णय?

    ओली-प्रचण्डबीचकाे छलफल सकियो, के-के भयाे निर्णय?

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। आज दुई अध्यक्षबीच नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न भनिए पनि अन्य विषयमा छलफल भएकाे हाे।

    अन्य विषयमा छलफल हुने क्रममा द्वय अध्यक्षले भदौ १३ मा सचिवालय बैठक बोलाउने निर्णय गरेका छन्। अब प्रतिवेदनबारे सचिवालयमा बताइएकाे छ। सचिवालयले प्रतिवेदन पास गरेपछि सो प्रतिवेदन स्थायी समितिमा समेत पेश गर्ने तयारी रहेकाे एक नेताले बताए।



    गत शनिबार नेकपा कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो । सो सुझावसहितको प्रतिवेदनमा सरकारको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने लगायतको सुझाव रहेको बताइएको छ ।



    कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार