Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मन्त्रिपरिषद्का २२ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लाे बैठकले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै उनलाइ सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

बैठकले विभिन्न २२ निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार २२ निर्णय सार्वजनिक गरेका हुन्। खतिवडाका अनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

त्यस्तै सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ। १२ महासेनानीको सरुवा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077