Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • चन्दा असुुली गर्ने विप्लव समूहका २ जना पक्राउ

    चन्दा असुुली गर्ने विप्लव समूहका २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 4.4K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । चन्दा संकलन गरिरहेको आरोपमा सल्यानकाे कुमाख गाउँपालिका–६, मौलाहालेबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका २ जनालाई पक्राउ गरेको छ । चन्दनिकट युवा संगठनका सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

    मौलाहालेका एक व्यापारीसँग १५ हजार रुपैयाँ चन्दा लिइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।



    उनीहरुले प्रयोग गरेको रा–४ प ६९३८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । गिरीको साथबाट २४ हजार ९ सय रुपैयाँ बरामद गरेको प्रहरीले उनीहरुविरुद्ध जबरजस्ती चन्दा असुुली मुद्दा दर्ता गरिने जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार