Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा एकै दिन बैंकिङ कसुर र सार्वजनिक अपराधमा फरार रहेका २८ अभियुक्त पक्राउ

    पोखरामा एकै दिन बैंकिङ कसुर र सार्वजनिक अपराधमा फरार रहेका २८ अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 3.4K
    SHARES

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत तथा जिल्ला प्रशासन कास्कीको फैसलाले बिभिन्न मुद्धाहरुमा कैद र जरिवाना सजाय तोकी  फरार रहेका २८ जना अभियुक्तहरुलाई एकै दिन पक्राउ गरेको छ।

    उनीहरुलाई आजा पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले वताए। पक्राउ पर्नेहरुमा सार्वजनिक अपराध र बैंकिङ कसुर मुद्धाका अभियुक्तहरु रहेका छन्।



    स्याङग्जा घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नं.२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्धामा १ बर्ष कैद सजाय  तोकी हाल सम्म फरार रहेका बर्ष २१ को अनिल थापा मगर पक्राउ परेका छन् ।



    त्यस्तै, पोखरा महानगरपालिका वडा नं.१० बस्ने बैंकिङ कसुर मुद्धामा ७ दिन कैद सजाय र ९४ हजार जरिवाना तोकी हाल सम्म फरार रहेका बर्ष ५३ को धिरज गुरुङलाई पक्राउ गरिएको छ।

    . केही सार्वजनिक अपराध मुद्धामा ३ सय ५० देखी पाँच हजार सम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तरगत बिभिन्न स्थान बस्ने २६ जना प्रतिवादीहरु रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार