Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रियसभाको रिक्त पदमा कसले बाजी मार्ला ?

    वामदेवका कारण नेकपाभित्र फेरी तरंग, वालुवाटारमा सहमति भएन

    वामदेवका कारण नेकपाभित्र फेरी तरंग, वालुवाटारमा सहमति भएन

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार साँझ वालुवाटारमा भेटवार्ता भएपछि नेकपाभित्र फेरी तरंग फैलिएको छ।

    ओली र प्रचण्डबीच वार्ता भएलगत्तै उपाध्यक्ष वामदेव गौतम र ओलीबीच गोप्य वार्ता भयो  । ओली र गौतमबीच एक घण्टा कुराकानी भएको स्रोतले वतायो



    गौतमले राष्ट्रियसभामा जाने बताएपछि प्रधानमन्त्री ओलीले उनलाई फकाउन वालुवाटार बोलाएको आँकलन गरिएको छ। तर, त्यसमा कुनै सहमति भने हुन सकेको छैन।



    ओलीले गौतमलाई राष्ट्रिय सभामा जाने कुरा छाड्न र प्रतिनिधिसभामै चुनाव लड्न आग्रह गरेपनि गौतमले फागुन १४ को निर्णय कार्यन्वयन गर्न ओलीलाई स्मरण गराएको स्रोतको भनाइ छ।

    बालुवाटारमा विहीबार बिहान ११ बजे नेकपा सचिवालयको बैठक बस्दै छ । सो अघि राजनीतिक चलखेल तीब्र भएको हो।

    प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको रिक्त पदमा अर्थमन्त्री डा.युवराज खतिवडालाई लैजाले संकेत देखाएका थिए। यही बेला उपाध्यक्ष गौतमले पनि उक्त पद दाबी गरेका हुन  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार