Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भक्तपुरबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

काठमाडौँ । भक्तपुरबाट १२ हजार ९ सय थान लागूऔषध बरामद गरिएकाे छ। महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको हाे।

महाशाखाका एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छन् । डम्बर र विष्णुले ना ३ ख ९८९ नम्बरको ट्रकमा ल्याएको ९ हजार ३ सय थान डाईजेपाम इन्जेक्सन र ३६ सय थान नाइट्रोजेपाम प्रहरीले बरामद गरेको हो ।

ट्रकभित्र झोला लुकाएर ल्याएको अवस्थामा सो लागूऔषध बरामद गरिएको एसएसपी थापाले बताए । लागू औषध प्रयोगकर्ताले डाईजेपाम र नाइट्रोजेपामलाई मिलाएर सिरिन्जमार्फत प्रयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077