Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालुवाटारमा ओली- प्रचण्ड भेटवार्ता

    बालुवाटारमा ओली- प्रचण्ड भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको जानकारी दिए ।



    दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने स्राेतकाे भनाइ छ । दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन् ।



    नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार