Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला

    अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.5K
    SHARES

    एजेन्सी। अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बुधबार बिहान काबुलमा बम हमला भएको छ । घटनामा उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

    विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ । सहरी क्षेत्रमा कुनै कारवाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ ।



    विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए ।



    तालिबानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । गत वर्ष राष्ट्रपतीय निर्वाचनअघि उनको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए । उनले भने प्रत्येक पटक बच्दै आइरहेका छन् ।अलजजिरा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार