Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ओली र प्रचण्डबीच बिबाद मिल्ने संकेत, यस्तो छ साझा प्रस्ताव

    ओली र प्रचण्डबीच बिबाद मिल्ने संकेत, यस्तो छ साझा प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीकाे आन्तरिक विवाद साम्य पार्न साझा प्रस्ताव तयार पारेका छन्। साे प्रस्ताव स्थायी समिति बैठकमा लैजाने तयारी भइरहेकाे छ।

    स्राेतका अनुसार नेकपाले अध्यक्ष पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने गरी प्रस्ताव तयार पारिएकाे हाे।



    दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ ।



    पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्दै तयार नयाँ प्रस्तावमा सरकारको काम प्रधानमन्त्रीको हैसियतमा ओलीले र पार्टी काम कार्यकारी अध्यक्षको हैसियतमा दाहालले गर्ने उल्लेख छ ।

    ओली र दाहालवीच बुधबार भएको भेटवार्तापछि स्थायी कमिटी बैठकमा पेश गर्न १५ पृष्ठ लामो प्रस्ताव तयार भएको हो ।

    स्थायी कमिटीमा पेस गर्ने प्रस्तावको पूर्ण पाठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार