Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्थायी कमिटी बैठकमै माधव नेपाल आक्रामक रुपमा प्रस्तुत

    स्थायी कमिटी बैठकमै माधव नेपाल आक्रामक रुपमा प्रस्तुत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाउँदै आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा उनले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिएका थिए।

    अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति नेता नेपालले चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले बताए।



    ती सदस्यका अनुसार नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किएका थिए ।



    उनले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका छन् । उनले यसबारेमा प्रचण्डसँगबिहीबारको भेटमा समेत असन्तुष्टि पोखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार