Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भ्रष्टाचार निर्मुल पार्न नसके त्यसैले नेकपालाई सक्छ : वरिष्ठ नेता खनाल

    भ्रष्टाचार निर्मुल पार्न नसके त्यसैले नेकपालाई सक्छ : वरिष्ठ नेता खनाल

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले देशमा भ्रष्टाचार व्याप्त हुँदै गएको बताएका छन् ।

    नेकपा स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै खनालले भ्रष्टाचार पूर्ण रुपमा निर्मूल पार्न कमिसन कानून बनाएर तह लगाउनुपर्ने बताए।



    बर्तमान सरकारले भ्रष्टाचार निर्मुल पार्न नसके त्यसैले नेकपालाई सक्ने खनालले चेतावनी समेत दिए। ‘कोरोना महामारीमा समेत भ्रष्टाचार उस्तै छ ।



    पार्टी नेता मन्त्रीकहाँ जताततै भ्रष्टाचारी र विचौलियाको बिगबिगी छ’ खनालले भने, ‘कम्युनिस्ट पार्टी र आन्दोलनलाई चीर स्थायी बनाउन भ्रष्टाचारलाई तह लगाउनुपर्छ ।’

    ‘भ्रष्टाचारका विरुद्ध पञ्चायतविरुद्धको संघर्षमा दिलो ज्यान फालेर संघर्ष गरियो । बहुदल आएपछि भ्रष्टाचार उस्तै भयो’ खनालले भने, ‘त्यो ०६२/०६३ सालको जनक्रान्तिपछि भ्रष्टाचार झन् मौलाउँदै पञ्चायतलाई समेत माथ खुवाउनेगरी भ्रष्टाचार भयो । अब चुप लागेर बस्न सकिँदैन । भ्रष्टाचार, घुसखोरी, बिचौलियाविरुद्ध कमिसन कानून बनाएर निर्मूल पार्नुपर्छ।’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार