Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

    नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीचकाे भटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो ।



    स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने‌ लगायतका निर्णय गरेको थियो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलेपछि स्थायी कमिटी बैठक बसेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार