Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाकाे कहर: इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

    कोरोनाकाे कहर: इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ ।

    प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा अब दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । लकडाउन यस्तो समयम लगाइँदै छ जब यहूदीको महत्वपूर्ण चाड आउँदै गरेको छ । यो लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने धम्की दिएका छन् ।



    जोन्स होपकिन्स विश्वविद्यालयको आँकडा अनुसार करिब ९० लाखको जनसंख्या भएको इजराइलमा कोभिड–१९ का कारण ११ सय ८ को मृत्यु भइसकेको छ र १ लाख ५३ हजारभन्दा बढी संक्रमित पहिचान भइसकेको छ । पछिल्लो हप्तामा संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।



    नयाँ प्रतिबन्ध कस्तो हुनेछ ?

    आइतबार एक टिभी सम्बोधनमा प्रधानमन्त्रीले दैनिक चार हजार संक्रमित भेटिएको बताएका छन् ।

    दोस्रो लकडाउन इजराइलका लागि महँगो साबित हुने अनुमान गरिएको छ । यसअघि मार्चको अन्त्यदेखि मेको सुरुवातसम्म पहिलो लकडाउन लगाइएको थियो ।

    नयाँ प्रतिबन्ध अनुरुपः

    – १० भन्दा बढी व्यक्ति कोठाभित्र भेला हुन नपाउने र बाहिर २० भन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् ।

    – स्कूल र सपिङ सेन्टर बन्द गरिनेछन् । मानिसहरु आफ्नो घर भित्र ५ सय मिटरको दुरीमा बस्नुपर्नेछ । काममा जानेहरुका लागि विशेष छुट दिइनेछ ।

    – गैर सरकारी कार्यालय र व्यवसाय खुल्ला गर्न सकिन्छ तर ग्राहक भने जान पाउने छैनन् ।

    – यद्यपि, सुपरमार्केट र औषधीका पसल खुल्ला रहनेछ ।

    स्रोतः बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार