Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध नियन्त्रण ब्युरोबाट फरार थुनुवा पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट फरार भएका कोरोना संक्रमित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रमेश तामाङलाई रहेका छन्। ब्युरोका अनुसार लागूऔषध सम्बन्धी कसुरका तामाङ प्रतिवादी हुन्।

तामाङको घर काभ्रेको नमोबुद्ध नगरपालिकामा हो । उनी शुक्रबार बिहान पौने २ बजे आइसोलेसन कक्षबाट हत्कडी फुकालेर फरार भएका थिए । शौचालय गएका वेला उनी फरार भएको भनिएको थियो ।

काभ्रेको सिउरिनीमा लुकेर बसेको अवस्थामा उनलाई गएराति पक्राउ गरिएको ब्युरोले जनाएको छ । ब्युरोका एसएसपी दिलिपकुमार चौधरीका अनुसार बसुन्धारास्थित आइसोलेसनमा तामाङसहित १४ जना संक्रमित थुनुवालाई राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077