Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ सय ८८ इन्सपेक्टरको सरुवा (नामसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

महानगरीय प्रहरी प्रभाग साँखुमा जानुका देवी खरेलको सरुवा भएको छ भने साँखुका इन्सपेक्टर गोविन्द पन्थीको मानब बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ ।

उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा सरुवा गरिएको स्रोतले वतायो।

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवामा बालुवाटार र बिचौलियाहरुको सिफारिसमा निर्णय भएको वताइएको छ। गृहमा बिचौलिया काम गर्ने सुजन पौडेलको सिफारिसमा अख्तियारमा कार्यरत इन्स्पेक्टर सुकदेव पौडेललाई इप्रका कृष्णनगर कपिलबस्तु जस्तो आकर्शक ठाउँमा सरुवा भएको छ।





प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077