Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्सपेक्टर सरुवामा बिचौलिया र शक्तिकेन्द्र हाबी, कहाँ पुग्यो आईजीपीको नयाँ कार्यादेश ?

काठमाडौं। सोमबार राति नेपाल प्रहरीले निकालेको ४ सय ८८ जना निरीक्षक (इन्सपेक्टर)को सरुवामा बिचौलिया र शक्तिकेन्द्रको दबाबमा सुची बनाइएको पाइएको छ।

सरुवामा बालुवाटार र बिचौलियाहरुको सिफारिसमा निर्णय भएको वताइएको छ।

इन्सपेक्टरको सरुवामा एक बिचौलियाको सिफारिसमा अख्तियारमा कार्यरत इन्स्पेक्टर सुकदेव पौडेलको इप्रका कृष्णनगर कपिलबस्तु जस्तो आकर्शक ठाउँमा सरुवा भएको छ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सरुवाका लागि तयार पारेका धेरै नाम गृहमन्त्रालयले काटेपनि आईजीपी शैलेश थापा क्षत्री मौन बसेका थिए  ।

रौतहटको गरुडामा राम्रो काम गरेका अनमोल खड्कालाई प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम पठाउन लागेकोमा  खड्काको नाम गृहले सुचीबाट  हटाउन लागेको थियो।

दरबारमार्गमा बस्दा विवादमा परेर तानिएका देउप्रसाद लिम्बुलाई पशुपतिनगर सरुवा गरिएको छ ।

केही बिचौलीयाको दबाबमा गृहले  बालुवाटारको सिफारिस भन्दै आफ्नो स्वार्थमा सुची बनाएको स्रोतको दाबी छ ।

त्यसो त आईजीपी क्षत्रीले १० दिनअघि नयाँ आचारसंहितासम्बन्धी कार्यादेश र नेपाल प्रहरी कार्ययोजना-२०७७ सार्वजनिक गर्दै सरुवा बढुवाका लागी शक्तिकेन्द्रबाट दवाव दिन नपाउने नियम बनाएका थिए।

तर, अहिले सिफारिस भएका अधिकांश नेता र बिचौलियाको सुचीबाट परेपछि आईजीपी क्षत्रीको नयाँ आचारसंहितासम्बन्धी कार्यादेश हावा खाएको छ। ।

इन्सपेक्टर सरुवामा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समेत हस्तक्षेप गरेका छन् । उपप्रधानमन्त्री  पोखरेलको सिफारिसमा महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ ।

बालुवाटारको दबाबमा जानकीदेवी खरेललाई साँखु पठाइएको छ । जानकी प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकको नातेदार पर्ने वताइन्छ।

महानगरीय प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठ काठमाडौँ उपत्यकाको आकर्षक ठाउँ मानिन्छ । शक्तिकेन्द्रबाट दबाब आएपछि साँखु र बूढानीलकण्ठमा आईजीपी क्षत्री ‘उत्कृष्ट’ मध्येका इन्सपेक्टर पठाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077