Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक बर्ष नपुग्दै राजनीतिक दबाबमा धादिङका एसपीको सरुवा !

काठमाडौं। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीको एक बर्ष नपुग्दै काठमाडौं सरुवा भएको छ। उनको ठाउँमा एसपी महेन्द्र खड्कालाई पठाएको छ ।

खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत थिए।  रेग्मीलाई सम्पत्ति शुद्धीकरण  विभागमा पठाइएको छ। प्रहरी प्रधान कार्यालयले रेग्मीलाई किन हटाइएको भन्नेबारे केही खुलाएको छैन । एसपी रेग्मी धादिङको प्रमुख बनेको ८ महिना बितेको छ।

अवधि नपुगीकन  सरुवा भएका कारण उनकाे सरुवाबारे विभिन्न​ अड्कालबाजी भने भइरहेको छ । स्रोतका अनुसार बाहिर कमजोर कार्यसम्पादन भनेर सरुवा भएको वताइए पनि राजनीतिक दबाबमा उनलाई अबधि नपुगी हटाइएको हो।

नेकपा निकट गुण्डाहरुलाई पक्राउ गर्ने र तस्करी धन्दालाई नियन्त्रण गर्न खोजेपछि नेकपाको एउटा समुहले उनलाई हटाउन गृह मन्त्रालयमा दबाब दिँदै आएको थियो। स्रोतका अनुसार आईजीपी सैलेश थापा क्षेत्रीले  दबाब थेग्दै उनलाई अन्तिम समयसम्म रोकेका थिए।

तर, चर्को राजनीतिक दबाबसामु आईजीपी क्षेत्रीको केही लागेन । यद्यपि,रेग्मीमाथि अन्याय हुने देखेर उनलाई आईजीपी क्षेत्रीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको स्रोत वताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077