Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अबैध धन्दामा मुछियो बिशाल ग्रुप, अपराध महाशाखामा चलखेल

काठमाडौं । अबैध धन्दामा व्यापारिक समूह विशाल ग्रूप मुछिएको छ । विशाल ग्रूपकै संलग्नतामा चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको महानगरीय प्रहरी अपराध महाशाखा  र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पत्ता लगाएका छन्।

कलंकीस्थित लिंक मार्गबाट हिजो ठूलो परिणाममा मिति गुर्जेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद भएकाे छ। महानगरीय अपराध महाशाखाले उक्त स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको थियो  ।

आइएन डिस्टिब्यूर्टसबाट मिति गुर्जेको सामान बरामद गरिएको  थियो । म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार महाशाखाले ९ जनालाई रङ्गेहात पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमा आयन समूहका प्रमुख बताउने  रोनक बोथ्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् ।आयन  डिस्टिब्यूर्टसले मिति गुर्जेको सामानमा नयाँ स्टिकर टाँस्दै बजारमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ।

अपराध महाशाखाका अनुसार आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को  लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ ।

[insert page='16955' display='yopanipadhnuhos.php']

स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ ।

करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । गोदाममा युनिलिभरका उत्पादनहरु रिलेबलिङ गरेको भेटिएको विभागले जनाएको छ ।

अपराध महाशाखाले बिशाल ग्रुप र उसको संस्था युनाइटेड डिष्ट्रिब्युटरलाई अनुसन्धानको दायरामा ल्याउने तयारी थालेको छ । जुन कुराको जानकारी पाएपछि बिशाल ग्रुपले महाशाखामा चलखेल बढाएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार अपराध महाशाखाका प्रमुख दिपक थापा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुसँग  सेटिङ मिलाउन बिशाल ग्रुपले ठुलो चलखेल गरिसकेको छ।

महाशाखा प्रमुख एसएसपी थापाले अबैध काममा संलग्न जुनसुकै ग्रुप भएपनि कारवाही गरिने वताएका छन्।

बिशाल ग्रुप अन्तर्गतको यूनाइटेड डिस्टिव्युटर नेटवर्कमा काम गर्ने पुर्व एआईजी बिरेन्द्रबाबु श्रेष्ठलाई ग्रुपले खटाइसकेको स्रोतको भनाइ छ ।

बिशाल ग्रुपको बाहुल्यता रहेको एनआईसी एसिया बैंकसँग डिआईजी बिश्वराज पोखरेललगायत प्रहरीका उच्च अधिकारीको उठबस रहँदै आएको छ।

एनआईसी एशिया बैंकमा विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एशिया बैंकमा अध्यक्ष छन् ।

बिशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल र एनआईसीका संचालक रामचन्द्र संघाई केही समय अघि जुवा केसमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077