Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिया पसलकाे आडमा भित्र यस्ताे धन्दा, चार जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिले चिया पसलकाे आडमा तास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१ का ५२ वर्षीय राजेन्द्रकुमार थापा, ४८ वर्षीय मनोज बानियाँ, ३० वर्षीय विश्व न्यौपाने र खोटाङका ४० वर्षीय नगेन्द्र राई छन् ।

थिमिका डीएसपी ऋषिराम कँडेलका अनुसार शनिबार साँझ ७ बजे विष्णुप्रसाद घिमिरेको घरमा श्याम थापाले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित भएको थियो ।

उनका अनुसार तास खालबाट ७६ हजार ८ सय रुपैयाँ र पक्राउ परेका व्यक्तिबाट ३२ हजार ५ सय रुपैयाँ गरी जम्मा एक लाख ९ हजार ३ सय रुपैयाँ बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077