Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • अनावश्यक हर्न बजाउने चालकलाई कारवाही

    अनावश्यक हर्न बजाउने चालकलाई कारवाही

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाजमा हर्न बजाउँनेलाई कारबाही शुरू गरेकाे छ ।

    महासाखाले चर्को आवाजमा तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही प्रकिया अघि बढाएकाे हाे ।



    चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आज मात्रै चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारवाही गरेको हो ।



    महाशाखाले सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापरबाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ ।

    महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताए ।

    जथाभावी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षकले ढकालले जानकारी दिए।

    त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ ।

    त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप एक हजार रूपैयाँ देखि १५ हजार रूपैयाँसम्म जरिवाना गराइएको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार