Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ लाख भारतीय रुपैयाँकाे चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने पक्राउ

सुनसरी । प्रहरीले सामाजिक सञ्जाल मार्फत ठगी गरेकाे अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएकाे हाे ।

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय एक जनालाई ईमोबाट फोन गरी "तपाईँ २०२० को ईमो लट्री विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो" भन्दै नेपाल सरकारलाई टयाक्स बुझाउन भनि आईएमईबाट नगद पठाउन भनेका थिए।

आफ्नो नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ  दिनुपर्ने भयो भनेर पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कामतीलाई आइतबार रकम झिकेर हिँडिरहेको अवस्थामा सिरहामा फेला पारी पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077