Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बलरा–४ स्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077