Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काण्डै काण्डमा मुछियो एनआईसी एशिया बैंक, पूर्व डिआइजी नै पीडित

काठमाडौं । एनआईसी एशिया बैंकमा राखिएको पैसा बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर सुटुक्क बैंक आफैले निकालेको कुरा सार्वजनिक भइरहेको बेला अर्को काण्ड बाहिर आएको छ।

एनआईसी एशिया बैंकको लहान सिराहामा एक संस्थाको नाममा रहेको करिव ३ लाख रुपैयाँ एनआईसी एशिया बैंकले खातावालालाई थाहै नदिई रकम निकालेको बिषयमा छानविन भइरहेको छ।

त्यस्तै, एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाईमाथि  १५ करोड भन्दा बढि राजश्व छली र  विदेशी मुद्रा अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेको छ। राष्ट्र बैंकमा एनआईसी एशियाबिरुद्द दुई दर्जन मुद्दा परेको छ।

[caption id="attachment_37360" align="alignnone" width="980"] केही समय अघि जुवा खालमा पक्राउ परेका एनआईशी एसिया बैंकका संचालक रामचन्द्र सँघाई, उनीमाथि ठगी र विदेशी मुद्रा अपचलनमा छानविन भइरहेको छ [/caption]

एनआईसी एशिया बैंकबाट नेपाल प्रहरीका  एक पूर्व डिआइजी नै पीडित बनेका छन् ।  बैंकले ग्राहकलाई जानकारी बिनै ग्राहकको खाता लक गर्ने गरेको पुर्व डिआइजीको आरोप छ । सुचना प्रविधि विज्ञ समेत रहेका पूर्व डिआइजी राजिव सुब्बाको खाता सुटुक्क लक गरेको पाइएको हो ।

सुब्बाले सामाजिक सञ्जाल फेसबुकबाटै बैंकले आफ्नो खाता सुटुक्क लक गरेको सार्वजनिक गरेका छन् ।

‘प्रीय एनआइसी एशिया बैंक, मैले केवाईसी फारम फेरी भर्नुपर्ने हो भने त्यो खबर पठाउनेकी मेरो एकाउन्ट नै लक गर्ने ? जानकारी दिनुपर्दैन? संचार कसरी गर्नुपर्छ भन्ने थाहा छैन भने भन्नुनी बरु ढेवा बिनाको सेवा दिन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077