Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपति भण्डारीले दसैँकाे टीका नलगाईदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजया दशमीमा विगतका वर्षहरुमा झै टीका प्रदान नगर्ने भएकी छिन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण विगतका वर्षहरुमा झै याे वर्ष टीका प्रदान गर्ने कार्यक्रम नहुने जनाएको छ ।

यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, घिमिरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077