Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दाङमा अपराध बढ्दै, खुट्टा छिनिएको अवस्थामा पुरुष फेला

    दाङमा अपराध बढ्दै, खुट्टा छिनिएको अवस्थामा पुरुष फेला

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3.1K
    SHARES

    तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् ।



    खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।



    प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

    उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार