काठमाडाैँ । गुल्मीमा होटलबाट वडाध्यक्षसहित ११ जुवाडे पक्राउ परेका छन्।
रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको हाे ।
रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डेसहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो ।
सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।