Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छुरा प्रहारबाट धापासीमा २४ वर्षीय युवककाे हत्या

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले शुक्रबार एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।

उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077