Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धापासीमा छुरा प्रहारबाट युवकको हत्या गर्ने दुई जना पक्राउ

काठमाडाैं । धापासीमा छुरा प्रहार गरी युवकको हत्या गरेकाे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।

शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा छुरा प्रहार गरी २४ वर्षीय आषिश मगरको हत्या गरेकाे आरोपमा दिवस अधिकारी र रवि थापा मगरलाई पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

अन्य दुई जना अझै फरार छन् ।

प्रहरीका अनुसार मृतक मगर पेन्टिङको काम गर्थे ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077