Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिराको तालमा हानाहान: सभामुखका पीएको कानको जाली फुट्यो, क्याम्पस प्रमुखको औंला काटियो

कन्चनपुर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका निजी सचिव  नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख भुपेन्द्र विष्टबीच बिबाद हुँदा कुटाकुट भएको छ।

कुटाकुटको क्रममा दुबै जना घाइते बनेका छन्।

महेन्द्रनगरको होटल मेघामा मादक पदार्थ सेवन गरेका उनीहरुबीच बुधबार राती ९ बजे कुटाकुट भएको वताइएको छ ।

कुटाकुटबाट विष्टको औलामा गम्भीर चोट लागेको छ भने ऐरको कानको जाली फुटेको र दुईवटा टाँका लागेको प्रहरी स्रोतले वतायो ।

विश्वविद्यालयका केहि प्राध्यापक र सभामुखका पिए मादक पदार्थ सेवक गर्न महेन्द्रनगरको होटल मेघामा बसेका थिए। उनीहरुबीच के विषयमा विवाद भएर झडप भयो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएपी अमरबहादुर थापाले बताए।

महाकाली अस्पतालमा उपचारपछि दुबैजना आ–आफ्नो घर गएका छन्। घटनाको बारेमा बिहिबार थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077