Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेकपाको बिबाद निर्णायक मोडमा, ओलीलाई गलाउँदै प्रचण्ड

    नेकपाको बिबाद निर्णायक मोडमा, ओलीलाई गलाउँदै प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको बिबाद अब निर्णायक मोडमा पुगेको छ।

    हिजो नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको बैठकमा बहुमत पुगेसँगै प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् ।



    ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा छन् ।



    धुम्बाराहीको छलफल सकिएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने भएका छन् ।

    शुक्रबार धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

    प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष  ओलीसँगको वार्ता सकारात्मक नभएपछि  पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डले हिजो डाकेको सचिवालयको अनौपचारिक बैठकमा ५ जना सचिवालय सदस्यको उपस्थिती उपस्थित थियो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित थिए।

    बैठकमा  पार्टी अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

    नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी भएसँगै प्रचण्डलाई बहुमत प्राप्त भएको हो ।

    ओलीले दुई अध्यक्षबीच सहमति भएपछिमात्रै बैठक बोलाउने जनाएका थिए।  प्रचण्ड पक्षधरले तुरुन्दै बैठक बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार