Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई प्रचण्डसहित ५ सचिवालय सदस्यले बुझाए पत्र

    प्रधानमन्त्रीलाई प्रचण्डसहित ५ सचिवालय सदस्यले बुझाए पत्र

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहित बालुवाटार पुगेका ५ सचिवालय सदस्यले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।

    हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले शनिवार प्रधानमन्त्री ओलीलाई भेट्न जाने निर्णय गरेको थियो ।



    सोही निर्णयानुसार ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले एक पत्र प्रधानमन्त्रीलाई बुझाउँदै बालुवाटारबाट बाहिरिएका हुन् ।



    पार्टीभित्र विवाद बढ्दै गईरहेको समयमा सचिवालयका ५ नेताहरु आज बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्न भन्दै बालुवाटार गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार