Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालुवाटारमा ओली र प्रचण्डसहितका शीर्ष नेताबीच भनाभन

    बालुवाटारमा ओली र प्रचण्डसहितका शीर्ष नेताबीच भनाभन

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसहितका शीर्ष नेताबीच भनाभन भएकाे छ। पार्टीभित्र विवाद बढ्दै गईरहेको समयमा नेकपा सचिवालय बैठकको आग्रहका लागि सचिवालय बैठक बोलाउने माग राख्न प्रधानमन्त्री निबास बालुवाटार पुगेका प्रचण्डसहित सचिवालयका ५ नेताहरु र प्रधानमन्त्री ओलीबीच भनाभन भएको हाे ।

    ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीबीच भनाभन भएको स्राेतले जानकारी दिएकाे छ।



    श्रोतले भन्यो, ‘बालुवाटार पुगेर आलीसँग पार्टीको बैठक बोलाउन माग राख्दा प्रधानमन्त्रीले भन्नुभयो, मेराविरुद्ध गुटबन्दी गर्ने, फेरि म किन सचिवालय बैठक बोलाउने ? ‘



    ‘हामीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सचिवालय बैठक डाक्नुस् भन्यौँ, तर ओलीले हामीसँग मेरो विरुद्ध गुटबन्दी गर्ने, मलाई असफल बनाउन खोज्ने, जे गर्नुछ गर्नुस्,जसरी गर्नुछ गर्नुहोस्’ श्रोतले थप्दै भन्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार