Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फुटको संघारमा नेकपा

    ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्ड फेरी आक्रोशित

    ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्ड फेरी आक्रोशित

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बैठक बोलाउन अस्वीकार गरेका छन्।

    ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्ड फेरी आक्रोशित बनेका छन् ।



    कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँचजना सचिवालय सदस्यले संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो।



    तर उनले तत्काल बैठकको मिति तोक्न अस्वीकार गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  पाँचजना सदस्यले लिखित पत्रमा तत्काल बैठक राख्न माग गरेका छन्।

    अघिल्लो दिन दुई अध्यक्षबीचको छलफलमा औपचारिक बैठक बस्न प्रचण्डले प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेको बताइएको छ।

    प्रधानमन्त्रीको अडानबारे प्रचण्डले बैठकमा दिएको जानकारी उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘प्रचण्डले औपचारिक बैठक राखेमा प्रधानमन्त्रीले त्यसलाई फुटको घोषणा ठान्दै अर्को बैठक बोलाउँछु भन्नुभएछ।’ प्रधानमन्त्रीले तत्काल बैठक नबोलाएमा पाँचजना सदस्यका अगाडि प्रधानमन्त्री ओलीको निर्णयको निम्ति केही दिन पर्खिने या कार्यकारी अध्यक्षको तर्फबाट औपचारिक बैठक डाक्ने विकल्प देखिन्छन्।

    प्रधानमन्त्रीले फुटको घोषणाको रूपमा लिने जोखिम सामना गर्न तयार भएर पाँच सदस्यले दोस्रो विकल्पको रूपमा बहुमतको भरमा औपचारिक बैठक बोलाएपछी धेरैको चासो त्यसमा केन्द्रित हुन पुगेको छ।

    बैठकको माग गर्नेमा प्रचण्ड सहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ छन्।

    शुक्रवार र शनिवारको अनौपचारिक छलफलपछि उनीहरूले प्रधानमन्त्रीलाई भेटेर लिखित पत्र पेश गरेका हुन्।

    नौ सदस्यीय सचिवालयमा ओली, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा पनि छन्। यसअघि प्रचण्ड निवास खुमलटारमा भएका छलफलमा सहभागी भएका भनिएका पूर्व माओवादीका नेता थापा पछिल्लो दुई अनौपचारिक बैठक र छलफलमा अनुपस्थित हुनुलाई कैयौँले अर्थपूर्ण ठानेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार