Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालुवाटार पुगे माधव नेपालसहित चार नेता

    बालुवाटार पुगे माधव नेपालसहित चार नेता

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेता बालुवाटार पुगेका छन् । स्राेतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाएकाले ती नेताहरू बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरू नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।



    पछिल्लो समय विवाद भैरहँदा यी नेताहरुले खुलेरै प्रम ओलीको आलोचना गर्दै आएका छन् । नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११ गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।



    यस्तैगरी आफू निकटका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पूर्व एमाले भेला गर्दै जबज सिद्धान्तमा उभिनका लागि आव्हान गर्दै आइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार