Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मापसे गरेर छोरालाई चक्कु प्रहार, हत्या आरोपमा बाबु पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चक्कु प्रहार गरी छोराको हत्या गर्ने बाबुलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङ रहेका प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले दिएकाे जानकारी अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले उनकी श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए ।

छोरा पदमबहादुरले आमालाई जथाभावी गाली नगर्न  आग्रह गर्दा शेरबहादुरले छाेरालाई चक्कु प्रहार गरेका थिए ।

बाबुको चक्कु प्रहारबाट १९ वर्षीय पदमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनकाे शनिबार साँझ मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077