Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

    चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् ।

    भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।



    मन्त्रालयले जारी गरिएको बयानमा भनेको छ, ‘यो कारवाही यी एप्ससँग सम्बन्धित ती जानकारीको आधारमा लिइएको हो जसमार्फत् यो थाहा भएको छ कि यी एप्स भारतको स्वायत्तता र सुरक्षाका लागि खतरा छन् । मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेशनको रिपोर्टको आधारमा लिएको छ ।’



    यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले अर्कोपटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो । सप्टेम्बर महिनामा एकपटक पुनः पबजीसमेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार