Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

काठमाडाैँमा बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

काठमाडाैँ । नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापा रहेका छन्।

गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका थापालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

बैंकका रकम झिक्ट गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077