Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद भएपनि किसान श्रेष्ठ बिचौलिया ठेकेदार हुन : प्रदिप पौडेल

तनहुँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सांसद किसान श्रेष्ठलाई बिचौलिया ठेकेदारको आरोप लगाएका छन्। उनले सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए ।

तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा नेता पाैडेलले तनहुँका प्रमुख जिल्ला अधिकारीको मात्रै योजनामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्ने कोसिस नभएको भन्दै संघीय सरकारले नै अधिनायकवादी चरित्र देखाएको बताए ।

कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपा सांसद किसानसिंह श्रेष्ठको सम्पत्ति जाँच्‍नुपर्ने माग राखेका छन् । रामचन्द्रलाई तनहुँमा रोक्ने काममा सांसद श्रेष्ठसहितका नेकपाका नेताहरु लागेको आरोप लगाउँदै नेता प्रदिप पाैडेलले नेकपा सांसद किसान श्रेष्ठको सम्पत्ति खोज्नुपर्ने बताए ।

किसान श्रेष्ठ अहिलेसम्म देश र जनताका लागि एक दिन पनि हिरासत र जेलमा गएका छैनन् । गणतन्त्रका लागि कहिले लडेनन्, एउटा विचौलिया र ठेकेदार विभिन्‍न कारणले सांसद भयो', उनले आक्रोश पोख्दै भने, 'सांसद भए पनि किसानसिंह श्रेष्ठ विचौलिया नै हो, ठेकेदार नै हो।'

सांसद श्रेष्ठले पैसा कमाएको स्रोत खोज्नुपर्ने माग पौडेलले गरे। 'उहाँ (किसान) ले पैसा कसरी कमाउनु भयो? सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री ओलीको पञ्‍जामा नभएको भए किसान श्रेष्ठ यति बेला जेलमा हुन्थे', उनले भने, 'नेपालको राजनीति गलत संस्कारबाट हुर्किँदैछ। हाम्रा वरिष्ठ नेतामाथि भएको यो घटना नियोजित र पूर्वाग्राही छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077