Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निकम्मा गृह प्रशासन, अनुभव नै नभएकालाई जिल्लाको सिडिओ बनाउँदाको परिणाम

    निकम्मा गृह प्रशासन, अनुभव नै नभएकालाई जिल्लाको सिडिओ बनाउँदाको परिणाम

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 7.2K
    SHARES

    काठमाडौं । तनहुँ घटनाले गत साता गृह प्रशासन मात्र होइन, सरकार आलोचित बन्न पुग्यो । पुल उद्घाटन कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको घटनाले तनहुँ मात्र होइन देशभरी कांग्रेसले सरकारविरुद्ध प्रदर्शन ग-यो ।

    भोलिपल्ट पुल उद्घाटन गर्न अनुमति दिन प्रशासन बाध्य भयो । कांग्रेसको राजनीतिक स्टन्ट सफल भयो । यो घटनाले सरकारको चर्को आलोचना भयो । यसरी सरकार नै बदनाम हुने गरी तनहुँ प्रशासनले नेता पौडेललाई निषेध गर्नुका पछाडी गृह मन्त्रालयमा भइरहेको चलखेल एउटा प्रमुख कारण हो ।



    तनहुँका सिडिओ सागर आचार्यसँग यसअघि सिडिओका रुपमा काम गरेको अनुभव छैन । कार्यक्षमता र अनुभव होइन, चलखेलका आधारमा उनी सिडिओ भएका हुन् । जसकारण जसले उनलाई सिडिओ बनाएर तनहुँ लग्यो, नेकपाको त्यही समूहले पुल उद्घाटन रोक्न दबाब दिएको थियो । परिस्थितिको मूल्याङकन नगरी दबाबको भरमा निर्णय गर्दा त्यसले ठूलो रुप लिएको थियो ।



    यसको पछाडी सिडिओ सरुवामा हुने चलखेल प्रमुख कारण रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । विगतमा जिल्ला प्रशासनमा बसेर काम गरेको तथा कानूनको तालिम लिएको व्यक्तिलाई मात्र यसअघि सिडिओमा पठाउने गरिएको थियो ।

    पछिल्लो एक वर्षयता सिडिओ सरुवामा बेथिती बढेको छ । गृहको कुनै अनुभव नै नभएकाहरु नेताहरुलाई खुशी बनाएर आफ्नो जिल्लामा सिडिओ लगेका छन् । जसकारण तनहुँ जस्ता घटना अन्य जिल्लामा समेत दोहोरिने जोखिम छ ।

    गृह मन्त्रालयमै टिममा पनि शान्ति सुरक्षाको अनुभव नभएकाले पनि समस्या बढेको छ । जसकारण राजावादीको आन्दोलन सुरुमा रोक्न निर्देशन दिइएकोमा तनहुँ घटनापछि अप्रत्यक्ष रुपमा राजावादीको आन्दोनललाई सिडिओले मौन सहमति दिएको थियो । दृष्‍टिबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार