Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वडाध्यक्ष लामाकाे काेराेना संक्रमणबाट मृत्यु

    वडाध्यक्ष लामाकाे काेराेना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट दाेलखामा एक वडाध्यक्षकाे मृत्यु भएकाे छ ।

    दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे ।



    ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएकाे छ।



    अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

    २४ गते काेराेना भाइरस पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार