Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ओलीलाई महाअभियाेग लगाउन बाबुरामकाे माग

    ओलीलाई महाअभियाेग लगाउन बाबुरामकाे माग

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियाेग लगाउन अपिल गरेका छन्।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको उनले आरोप लगाए।



    यसर्थ ‘थप हर्कत’ हुन नदिन प्रधानमन्त्री ओलीविरुद्ध महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्ने उनकाे अपिल छ।



    ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यबाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार